लकडाउन समस्याको समाधान
बिराटनगर ५ वैशाख । कोरोना भाईरस लाई परास्त गर्न लकडाउन प्रत्यक्ष समस्याको समाधान भएकोले लकडाउन गर्नु उत्तम उपाय भएको बताईएको छ । लकडाउन संगै यो बेला सरकारले तिन चरणको काम गर्नु पर्ने मानव अधिकारकर्मी तथा अधिवत्ता कोशराज न्यौपानेले बताउनु भएको छ। आज बिएफएम संगको कुराकानी मा न्यौपानेले सो कुरा बताउनुभएको हो ।
यस्तो संकटको बेला सरकारले पहिलो चरणको काम भनेको लक डाउन गरेर मानव अधिकारको कुरालाई ध्यानमा राख्दै सन्तुलीत गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । सरकारको प्रत्यक्ष अर्को दाइत्व भनेकोे उपचारको बिधि भन्दा पनी लकडाउन को पुर्ण पालना गराउन मानवहरुलाई घरभित्रनै राख्नु मुख्य कुरा हुने बताउनुभयो ।
तेश्रो भनेको कोरोनाबाट बच्न मानव अधिकारका कुरा कुन्ठीत भए भन्नेतिर भन्दापनि लकडाउनलाई कडा पारेर मानवको रक्षा गर्ने र बाच्न पाउने अधिकार घर भित्रै बसेर मात्र हुन्छ भन्ने जनतालाई जानकारी गराउन सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो । यो बेला भनेको मानव अधिकार को कुरा भन्दापनि बर्तमान परिस्थीतीमा संबिधानमा भएको एउटा नागरीगको कर्तब्यलाइ ध्यान दिन जरुरी हुने बताउनुभयो ।
सरकारलाई पनि अहिले चुनौती रहेपनि आफ्ना जनतालाई संक्रमण बाट कसरी जोगाउने कसरी रोग फैलीन नदिने भन्ने तीर सरकारको ध्यान गएको ले आज सम्म नेपालमा कसैले ज्यान गुमाउनु नपरेको बताउनु भयो ।मानिसहरुलाइृ कोरोना बाट बचाउन सरकारको ध्यान बढी केन्द्रीत भएकोले सरकारले मानव अधिकारका कुरामा अहिले ध्यान नगएकोले आलोचीत हुनुपरीरहेको बताउनुभयो ।
उहाले आमनागरीकले पनी अहिलेको बेलामा मेरो हिडडुल गर्नै अधिकार मैले पाउनुपर्छ भन्न्ो कुरा छोडेर घरमै सुरक्षीत बसीदीन आग्रह गर्नुभयो ।अहिलेको अबस्थामा स्वास्थयकर्मीहरु फ्रन्ट लाईनमा रहेर काम गर्नुपर्ने भएकोले उनीहरुको जिवनरक्षाका लागी सरकारले कम्तीमा एक करोडको विमा गरीदीनुपर्ने बताउनुभयो ।
सिमानाकामा अलपत्र अबस्थामा भएका नागरीकलाई ब्यवस्थीत गरेर सरकारले ल्याउनुपर्ने बताउनुभयो ।अव पनि सरकारले ती नागरीकको उद्धार नगर्ने हो भने सरकारको कमजोरी हुने र ति नागरीकहरु अझ पिडामा पर्ने बताउनुभयो ।