लकडाउन १२ दिन लम्ब्याउने निर्णय
विराटनगर, २ वैशाख । सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।
सीमा नाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो ।
लकडाउनअघि नेपालमा कोरोना संक्रमितको संख्या दुईजना थियो । तर, कोरोनाभाइरसको जोखिम बढ्ने देखिएपछि सरकारले एक हप्ताको लागि गरेको लकडाउन बढाएर पहिलोपटक चैत २५ गतेसम्म र दोस्रोपटक थप एक हप्ता बढाएर वैशाख ३ गतेसम्म र्पुयाएको थियो ।
कोरोना महामारीको जोखिम थप बढ्ने देखेपछि सरकारले तेस्रोपटक लकडाउनको समयसीमा बढाएर वैशाख १५ गते र्पुयाएको छ ।
यस्तै, सरकारले अलपत्र परेका नागरिकलाई आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले थप प्रभावकारी बनाउने निर्णय गरेको छ । यसअघि, सरकारले अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।