Tune to BFM 91.2|Biratnagar

लक्ष्मिनिया युवा क्लब द्धारा ६० परिवारलाई राहत बितरण

बिराटनगर २५ चैत । जहदा गाउँपालिका वडा ४ र ५ का अति बिपन्न्न,गरिब तथा दलित परिवारलाई लक्ष्मिनिया युवा क्लब ले राहत बाडेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको महामारी रोग कोभिड १९ को नियन्त्रण तथा रोकथामका निम्ति सरकारले लकडाउन घोषणा गरेको छ ।दुई सातादेखि लकडाउनमा पीडित भएका गरिब असहाय परिवारहरुमा भोकमरीको अवस्था सिर्जना हुन थालेपछि सहयोगीहरु राहतका लागि जुटेका छन् ।

सो राहत ह्युमानिटी फाउन्डेसन का अध्यक्ष सलीम अन्सारी , समाजसेवी तथा लक्ष्मिनिया युवा क्लबको सहयोगमा उपलब्ध गराईएको हो ।

क्लब का अध्यक्ष नितेश कुमार साहको अगुवाई मा जहदा गापाका का विपन्न तथा लक डाउन बाट प्रत्यक्ष प्रभावित ६० जनालाई ५ किलो चामल, दाल, नुन, खाने तेल, साबुन, मास्क,चिउरा ,चाउचाउ सहित राहत बितरण गरिएको छ ।

लक्ष्मिनिया युवा क्लबले समाजको हित र बिपतको समयमा सहयोग गर्दै आएको अध्यक्ष नितेश कुमार साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button