Tune to BFM 91.2|Biratnagar

लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोली र एम.एम.सी. क्लब बिराटनगर बिजयी

विराटनगर १६ फागुन । मोरङको जहदामा जारी लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको तेश्रो र चौथो क्वार्टर फाइनलका खेलमा लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोली र एम.एम.सी. क्लब बिराटनगर बिजयी भएका छन ।बिजयी भएसंगै दुबै टिम सेमीफाइनलमा प्रवेश गरेकाछन । आज भएको पहिलो खेलमा लक्ष्मी युवा स्पोर्टिंग क्लब जहदाले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो।

१६ ओभरको खेलमा लक्ष्मी युवा स्पोर्टिंग क्लबले १४९ रन बनाउन सफल भयो। लक्ष्मी युवा स्पोर्टिंग को तर्फ बाट पप्पु साहले सबै भन्दा धेरै ४४ रन, बरुनले २६ , कुशले २२, रेवतीले २० ,आशिषले १५ र कप्तान श्रवन राजबंशीले ६ रन मात्र बनाउन सफल भए। उता जहदा–७ को तर्फ बाट श्रवण किश्कुले एक विकेट,अभयले २ विकेट, नाठेश्वरले २ विकेट,नशिवले एक बिकेट र सागरले एक बिकेट लिए ।

जवाफी ब्याटिंगमा उत्रिएको जहदा–७ ले १५ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाउन सक्यो। लक्ष्मीयुवा स्पोर्टिंग क्लबका पप्पुले ३ विकेट, आशिसले २, रेबतिले ३,अजयले १,र बरुणले एक विकेट लिए । लक्ष्मीयुवा स्पोर्टिंग क्लब ५४ रनले बिजयी भयो। जितसंगै लक्ष्मी युवा स्पोर्टिंग कलन सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै अर्काे क्वार्टर फाइनल खेल एम.एम.सी क्लब बिराटनगरले १६ ओभरको खेलमा अहिले सम्मकै उच्च स्कोर २२६ रन बनाएको छ।

जित संगै एम.एम.सी. पनि सेमीफाइनलमा प्रवेश गरेको छ। योसंगै भोली देखि सेमी फाइनलकाखेल सुरु हुदैछ। पहिलो सेमीफाइनल खेल भोली जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बीच हुनेछ । लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button