Tune to BFM 91.2|Biratnagar

लगानी प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंक सम्झौता

विराटनगर, ४ फागुन । प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडवीच सम्झौता भएको छ । आज विराटनगरमा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडावीच हस्ताक्षर भएको हो ।

प्राधिकरणले प्रदेश १ का ६० वटा योजनाहरु पहिचान गरी सूचीकृत गरिसकेको छ । सूचीकृत योजनामा स्वदेशी तथा विदेशी लगानी कम्पनीहरु सहभागी हुने भनिएको छ । मुख्यमन्त्री राईले प्रदेश नं १ को विकास र समृद्धिको बाटोमा लगानी कर्ताहरुको ध्यान केन्द्रित भएको बताउनुभयो ।

लगानी तथा वित्तीय व्यवस्थापनमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले बताउनुभयो । इन्फ्रास्ट्रक्चर बैंकका कार्यकारी अधिकृत खतिवडा र प्राधिकरणका निर्देशक कोइरालाले प्रदेशको सूचीकृत योजनाहरुलाई समयमै सम्पन्न गर्न लगानी कर्ताहरुलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button