Tune to BFM 91.2|Biratnagar

लाखौं मूल्य बराबरका पटका र अवैध सामान बरामद

विराटनगर, ४ कात्तिक । अवैध रुपमा भारतबाट भित्राउँदै घरमा स्टोर गरेर राखेको अवस्थामा लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामान मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान स्टोर गरेर राखिएको घरमा छापा हान्दै प्रहरीले घर धनीलाई पनि नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार सहनीको घरबाट हिजो पटका र अवैध सामान बरामद गरिएको हो । प्रहरीले झिरझिरे, नागिन, खोर्सानी बम लगायत एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिँदै प्रहरीले सहनीलाई पक्राउ गरेको छ ।

भारतदेखि तस्करी गर्दै ल्याएर राखिएको कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान, वलवान खैनी तथा बालसेरी काँटी सहनीको घरबाट बरामद गरिएको खड्काले बताउनु भयो । उहाँका अनुसार सात लाख मूल्य बराबरको तस्करीका कपडा, २३ हजारको फेन्सी सामान, ३३ हजारको किरान सामान, ४६ हजारको वलवान खैनी र १२ हजार मूल्य बराबरको बालसेरी काँटी घरबाटै नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका पटका प्रहरीले नष्ट गरेको छ । कपडा र अन्य सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको जानकारी प्रहरीले दिएको छ । चाडपर्वका बेलामा हुने पटकाको ओसारपसार, कारोबार तथा विभिन्न मालसामानको तस्करी रोक्न विशेष अभियान चलाइएको उहाँको भनाइ छ ।

पक्राउ परेका सहनीले लामो समयदेखि भारतबाट तस्करी धन्दा चलाइरहेको खुलेको प्रहरीले जनाएको छ । लुकाईछिपाई भारतबाट तस्करी गर्दै विभिन्न सामान र पटका ल्याएर आफ्नै घरमा स्टोर गर्दै गन्तव्यसम्म पु¥याएर बिक्री गर्ने गरेको विशेष सूचानाका आधारमा प्रहरीले सहनीको घरमा छापा हानेको जानकारी खड्काले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button