लागुऔषधको कारोवार गर्ने १ महिला सहित ४ जना पक्राउ
विराटनगर, १३ पुस । सुनसरीको ईनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागुऔषध कारोवारमा संग्लग्न १ महिला सहित ४ जना पक्राउ परेकाछन। सो स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका–७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले लागुऔषध डाईलेक्स डिसि १ सय एमएल को ५३ बोतल, लागुऔषध नाईट्रोजन १६० ट्याब्लेट, डाईलेक्स डिसि को बिर्काे तथा बिर्काेमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १–०२–०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।