Tune to BFM 91.2|Biratnagar

लागुऔषधसहित तीन युवा र एक युवती पक्राउ

विराटनगर, २२ पुस । मोरङको लेटाङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन युवा र एक युवती रहेका छन् ।

लेटाङ नगरपालिका–४ का २६ वर्षीय विकेन राई, शिशिर घिमिरे, २५ वर्षीय राजकुमार लिम्बू र लेटाङ–३ की २२ वर्षीया अनु राईलाई लागुऔषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कविन्द्र कार्कीले जानकारी दिनु भयो ।

प्रहरीले लेटाङ–२ चिसाङ पुलनजिकबाट गय राति ९ बजेतिर चारै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुको साथबाट फेनारगन २० ट्याब्लेट, लुपिजेसिक २० र डाइजेल्याब १९ एम्पुल बरामद भएको कार्कीले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button