Tune to BFM 91.2|Biratnagar

लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

विराटनगर ११ माघ । मोरङको पथरी शनिश्चरे–४ मा रहेको एउटा घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई र भोजपुर साल्पासिलोछो–२ का १९ बर्षीय निराज राई रहेका छन ।

सो घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई गए राती साढे १२ बजे नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,ट्रामाडोल,हाईड्रोक्लोराइड ,स्पास्पेन ट्याब्लेट, ५४ पीस लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र उनिहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारीएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पक्राउ परेका चारै जना सम्बन्धी थप अनुसन्धान गरी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button