लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
विराटनगर २० पुस । झापाको दमक नगरपालिका–६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले गए राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशन कुमार मग्रातीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको छ ।
लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।