Tune to BFM 91.2|Biratnagar

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

बिराटनगर, १९ मंसिर । मोरङ , सुनसरी र झापाका तिन स्थानबाट लागुऔषध सहित ५जना पक्राउ परेका छन् । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान–११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

उनिहरुको कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठाबाट डाईलेक्स डिसि सय एमएलको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको छ । यस्तै यता मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद गरेको छ । उता झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका–६ का २५ बर्षीय आशिष थापा र अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका–२ का २२ बर्षीय प्रिन्स खनाल पक्राउ परेकाछन ।

लागुऔषध सहित पक्राउ परेका पाचै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button