Tune to BFM 91.2|Biratnagar

लागुऔषध र हातहतियार मुद्दाका फरार पक्राउ

विराटनगर, ९ माघ । अदालतबाट लागुऔषध र हातहतियार खरखजना मुद्दामा दोषी ठहर भए पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पक्राउ परेका हुन् । पथरीका डीएसपी दिलिप गिरीका अनुसार पक्राउ परेका दुवै जनालाई आज अदालतमा पेस गरिएको छ । जिल्ला अदालत मोरङले राईलाई २०६७ साल असोज १७ गते ५ महिना १७ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सुब्बालाई २०७३ सालमा ८० हजार जरिवानाको फैसला सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button