लागुऔषध सहित दुईयुवा पक्राउ
विराटनगर, ४ कात्तिक । प्रहरीले दुई युवालाई भारतको जोगवनीदेखि लिएर आएको लागुऔषधसहित विराटनगरबाट आज बिहान पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई विराटनगर–१६ दरैयाबाट बिहान ४ः१५ बजेतिर पक्राउ गरिएको बताउनु भयो । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नाम लागुऔषध बरामद भएको जानकारी उहाँले दिनु भयो ।
पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको खड्काले बताउनु भयो ।