Tune to BFM 91.2|Biratnagar

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, २५ असार । ‘लकडाउन’का समयमा भारतदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का २० वर्षीय आनन्दकुमार पासवान रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँकाअनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे विराटनगर–१६ दरैयाबाट पासवानलाई पक्राउ गरेको हो ।

भारततिरबाट पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एक सय मिलिलिटर दरका ३९ बोतल डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पासवानविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान भइरहेको डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button