Tune to BFM 91.2|Biratnagar

लागुऔषध सहित ३ जना पक्राउ

बिराटनगर ३ चैत्र । मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

गएराती ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन–५० पिस, डाईजोल्याप–५० पिस र एभिल–५० पिस सहित बिराटनगर स्थीत कन्चनबारीको सजिलो बजार छेउबाट पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा सो स्थानमा खटिएको प्रहरीको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा रहेका भोक्राहा नरसिंह गाउँपालिका–४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का २० बर्षीय बिबेक यादवको साथबाट नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन १हजार १ सय ६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button