लागूऔषध टि.डी. जेसिक सहित २ पक्राउ

0
36

बिराटनगर २० मंसिर झापाको मेचीनगर नगरपालिका–६ भन्सार कार्यालय गेटबाट प्रहरीले लागूऔषध टि.डी जेसिक सहित २ जना युवकलाई पक्राउ गरेको छ । लागूऔषध डाईजेपाम–२५ एम्पुल, फेनारागन–२५ एम्पुल र लुपिजेसिक–२५ एम्पुल सहित दमक नगरपालिका–४ बस्ने २२ बर्ष को सुमन धिमाल र १८ बर्ष को बिजय श्रेष्ठलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा पाईण्टको गोजीमा लुकाई राखेको लागूऔषध फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इप्रका काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here