लायन्सको रक्तदान

0
402

विराटनगर, २ मंसिर । लायन्स क्लव अफ विराटनगरले भाटभटेनी सुपर मार्केट, बिराटनगरको प्राङ्गणमा आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रश सोसाईटी, ब्लड बंैक, बिराटनगरको प्रविधिक सहयोग तथा भाटभटेनी सुपर मार्केटको विशेष सहयोगमा मा भएको सो कार्यक्रममा ५४ पिन्ट रगत संकलन गरी ब्लड बंैकलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ ए १ का डिष्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भुतपुर्व गवर्नर विश्वराम गोर्खाली लगायत डिष्ट्रिक्टका पदाधीकारीहरु लायन्स क्लव अफ विराटनगरका अध्यक्ष सुभाष चन्द्र अग्रवाल, बोर्डका पदाधीकारीहरु भुतपुर्व अध्यक्षहरु र सदस्यहरु, अन्य लायन्स क्लवका अध्यक्ष तथा सदस्यहरु सहित करिव ४० जनाको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here