Tune to BFM 91.2|Biratnagar

लायन्सद्धारा जेष्ठ नागरिकलाई फलफूल वितरण

विराटनगर, ११ साउन । लायन्स क्लव अफ बुढीगंगा एक्टीभले जेष्ठ नागरिकलाई फलफुल र मास्क वितरण गरेको छ ।

अन्तराष्ट्रिय आमाबुबा दिवसको अवसर पारेर बुढीगंगा एक्टीभले पुष्पलाल चोकका जेष्ठ नागरिकलाई फलफुल र मास्क वितरण गरेको हो । ५० जना जेष्ठ नागरिकलाई फलफुल र मास्क वितरण गरिएको कार्यक्रम संयोजक नारायण कट्वालले बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक वलभद्र नेपालले आमाबुबा दिवसका अवसरमा जेष्ठनागरिक प्रति माया ममता राखेको बताउदैँ लायन्स क्लव अफ बुढीगंगा एक्टीभलाई धन्यवाद दिनुभयो ।

त्यस्तै जागृती बृद्धाश्रममा २ जनालाई ह्वील चेयर वितरण गरेको लायन्स क्लव अफ बुढीगंगा एक्टीभकी अध्यक्ष राधा आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button