Tune to BFM 91.2|Biratnagar

लायन्स क्लबका नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा सेनिटाइजर हस्तान्तरण

भोजपुर, २० बैशाख । लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्सको नयाँ निर्वाचित कार्यसमितिको अध्यक्ष दिपक थापा हुनुभएको छ । सामाजिक सेवामा समर्पित थापा सन् २०२०÷२१ वर्षका लागि उक्त क्लबको अध्यक्ष बन्नुभएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को नियन्त्रणका लागि सामाजिक कार्यमा सक्रिय हुँदै आएको लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्स्को संयुक्त पहल र वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका अनिल राईको आर्थिक सहयोगमा भोजपुर जिल्लास्थित अरुण गाउँपालिकाको ७ नम्बर वडालाई २ सय २१ थान सेनिटाइजर क्लबका नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा हस्तान्तरण गरिएको हो ।

सेनिटाइजर हस्तान्तरण गर्दै क्लबका अध्यक्ष थापाले आफू जहाँ र जुनसुकै ठाउँमा भएपनी सधैं जनताका हरेक सुख दुखमा साथ दिँदै सामाजिक सेवामा समर्पित रहने बताउनुभयो ।

उहाँले विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको भन्दै सो महामारीबाट बच्न सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्दै आफू पनि बच्न र अरुलाई पनि बचाउन सबै लागि पर्नुपर्ने बताउनुभयो ।

उक्त सहयोग कार्यक्रम सोही वडा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरद्वारा सञ्चालित CBDRR को समन्वयमा सम्पन्न गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button