Tune to BFM 91.2|Biratnagar

लायन्स क्लब अफ काठमाडौ युनाइटेड फ्रेन्डसद्धारा बालगृहलाई सहयोग

काठमाडौ, २७ असार । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसले काठमाडौंको आकाशेधारास्थित केयर बाल गृहलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ ।

क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त बालगृहलाई झाडु, कुचो, हर्पिक, फिनेल, साबुन, सरप, डस्बिन लगायतका सरसफाइ सामग्री र चामल, दाल, चिनी, नुन, विस्कुट, चाउचाउ, जिरामसला लगायतका खाद्यान्न सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।


कार्यक्रमलाई बोल्दै क्लवका अध्यक्ष दिपक थापाले राहत नभएर कोशेली दिएको र नानीहरुको एक जिम्मेवार अभिभावक अथवा परिवारको सदस्यको भूमिका निर्वाह गरेको बताउँदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्नुभयो ।

उहाँले लाययनवादको मुख्य उदेश्यलाई सधै आत्मसाथ गरि मानवीय सेवामा अविचलित भएर लाग्ने बताउनुभयो । केयर वालगृहका सन्चालक पुष्पा अधिकारीले लायन्स र लियो क्लवले गरेको सहयोगले नानीहरुको जिवनमा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो ।


कार्यक्रममा डिस्ट्रीक कोर्डिनेटर (इभ्यालुएशन) लायन विनय बस्नेत, डेपुटी कोर्डिनेटर (जि एम टी) लायन महेश प्रसाद पोखरेल, एरिया चिफ लायन अमर ज्योती रन्जित, डिष्ट्रीक डिपार्टमेन्ट चिफ (लियो प्रोजेक्ट, युथ इमपावरमेन्ट र युथ सिम्पोसाइम लायन्स क्वइष्ट) लायन प्रकाश रायमाझी, युनाइटेड फ्रेन्ड्स्का चार्टर प्रेसिडेन्ट एवम् डिष्ट्रीक डिपार्टमेन्ट चिफ (जेरो वेस्ट )लायन यदुराज लामिछाने (आशिष), रिजन चेयर पर्सन लायन प्रदीप गुभाजु र एरिया सेक्रेटरि लायन शान्ती धामीको उपस्थिति रहेको थियो ।


साथै प्रथम उपाध्यक्ष लायन कृष्ण प्रसाद पौडेल, मेम्बर सीप चेयर पर्शन लायन भगवती घिमिरे, सर्भिस चेयर पर्शन लायन वेदनाथ ढकाल, डिरेक्टर लायन सृष्टि बज्राचार्य र डिरेक्टर लायन एकराज शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button