Tune to BFM 91.2|Biratnagar

लायन्स क्लब अफ बुढीगंगा एक्टीभद्घारा खाद्यान्य वितरण

विराटनगर, ३ भदौ । लायन्स क्लब अफ बुढीगंगा एक्टीभले खाद्यान्य सामाग्री वितरण गरेको छ ।

बुढीगंगा गाउँपालीका ३ मा रहेको श्री हरी आध्यात्मिक गुरुकुललाई खाद्यान्य वितरण गरिएको हो । कुशे औशीको अवसर पारेर खाद्यान्य सामाग्री वितरण गरिएको क्लब कि अध्यक्ष राधा आचार्यले बताउनुभयो ।

लकडाउनका कारण गुरुकुलका विद्यार्थीहरुलाई खानको लागि समस्या भएको थाहा पाएपछि केहि सहज होस भनेर खाद्यान्य वितरण गरिएको आचार्यले बताउनुभयो । आगामि दिनमा पनि क्लबले सहयोग गर्ने उहाँले बताउनुभयो ।

क्लबले आलु १ बोरा, चिउरा १ बोरा, भुजिया १ बोरा, मटर, चना, चिनी, विस्कुट लगायतका खाद्यान्य सामग्री वितरण गरेको छ ।

आध्यात्मिक गुरुकुलमा १३ जना विद्यार्थी रहेको संचालक गोपालप्रसाद भण्डारीले बताउनुभयो । लकडाउनका कारण ६ जना घर गएको र अहिले ७ जना विद्यार्थी गुरुकुलमै रहेको उहाँले बताउनुभयो ।

समस्या परेको बेलामा क्लबले ठुलो सहयोग गरेको भण्डारीले बताउनुभयो । आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको रामजानकी मन्दिरका संरक्षक जगन्नाथ भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button