Tune to BFM 91.2|Biratnagar

लायन्स क्लब अफ बेलबारीको नाममा रहेको एम्बुलेन्स बिक्री

विराटनगर २४ माघ । लायन्स क्लब अफ बेलबारीको नाममा रहेको एम्बुलेन्स ब्यक्तिलाई बिक्री गरिएको भन्दै क्लब आवद्द ब्यक्तिहरुले नै आपत्ति जनाएका छन ।

हिजो बिराटनगरमा लायन्स क्लब अफ बेलबारीले पत्रकार सम्मेलनको आयोजना गर्दै केही ब्यक्तिहरुले ब्यक्तिगत फाइदा र भन्सार छुटको लागि संस्थाको नाम र लोगोको दुरुपयोग गरेको बताएको छ । सन् २०११ मा सांसद विकास कोषको ३ लाख र बाँकी रकम संस्थाका ब्यक्तिहरुले ब्यक्तिगत रुपमा दिएर को १ च ५७९४ नम्बरको सुमो टाटा एम्बुलेन्स खरीद गरिएको थियो ।

तर एक वर्ष नबित्दै बेलबारी नगरपालिकाका प्रवक्ता तथा बडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति खडा गरेर तत्कालीन लेटाङ्ग ५ का भक्तबहादुर राई लाई चलाउन कागज गरि ९ लाख २५ हजारमा बिक्री गरिएको क्लबका बेलबारी अध्यक्ष खेमप्रसाद गौतमले बताउनु भयो । गौतमका अनुसार भक्तबहादुर राईले सो एम्बुलेन्स बिराटनगरका एक ब्यक्तिलाई चलाउन दिएका थिए ।

क्लबले उक्त एम्बुलेन्सको खोजी गर्दै जादा एम्बुलेन्स अहिले अज्ञात अवस्थामा रहेको गौतमले बताउनुभयो । गौतमका अनुसार एम्बुलेन्सको रिनु फेल भइसकेको र अहिले पनि कानुनी रुपमा क्लबको नाममै रहेकोले एम्बुलेन्स जुनसुकै हालतमा जहाँ रहेपनि बेलबारीमा ल्याउनु पर्ने उहाँले बताउनुभयो । एम्बुलेन्स चलाउने भए क्लबको नाम र लोगो हटाएर चलाउनु पर्ने लायन्स क्लब अफ बेलबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button