Tune to BFM 91.2|Biratnagar

लायन्स क्लब पाथिभराको रक्तदानमा ५१ पिन्ट रगत संकलन

विराटनगर, २७ असार । कोरोना संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रमहरू नहँुदा रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगरस्थित मकालु टेलिभिजनको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिनुभयो ।

यसअघि संस्थाले मानव सेवा आश्रमका आश्रितहरूलाई भोजन खुवाएको जानकारी दिंदै अध्यक्ष शाहले आगामी दिनमा संस्थाले सामाजिक कामहरूलाई प्राथमिता दिंदै अघि बढ्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधि सहयोगमा सञ्चालित कार्यक्रममा आयोजक संस्थाका सदस्य, मकालु टेलिभिजन, टिभी नेट प्रालि अर्थ अटो ह्वील्सका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानको वार्षिक १५ हजार रगत संकलन गर्ने अभियानअन्तर्गत पछिल्लो हप्ता मात्रै १५ सय ८२ पिन्ट तथा पूर्व क्षेत्रमा मात्रै ८ सय ७९ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका रक्तदान कार्यक्रमका संयोजक मोहन अधिकारी जानकारी दिनुभयो ।

उहाँले रेडक्रसमा उपलब्ध हुने रगतमध्ये लायन्सका तर्फबाट ३८ प्रतिशत उपलब्ध हुने उल्लेख गर्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेललगायत लायन्सका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button