लायन्स क्लब बुढीगंगा एक्टीभद्वारा खाद्यान्न र न्यानो कपडा सहयोग
विराटनगर, १० पुस । लायन्स क्लब बुढीगंगा एक्टीभले स्वर्गीय खडानन्द सापकोटाको परिवारलाई खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको छ । क्यान्सर रोगका कारण मृत्यु भएका सापकोटाको परिवारलाई शुक्रवार उक्त क्लवले खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको हो ।
लायन्स क्लब बुढीगंगा एक्टीभले २ थान ब्याङकेट, १ बोरा चामल, चिनी, तेल लगायतका सामग्री प्रदान गरेको उक्त संस्थाकी अध्यक्ष राधा आचार्यले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका कारण सापकोटाको परिवारलाई थोरै भए पनि सहयोग पुगोस भनेर उक्त सामाग्री प्रदान गरिएको आचार्यले बताउनुभयो ।