Tune to BFM 91.2|Biratnagar

लायन्स क्लवद्धारा पीपीई हस्तान्तरण

विराटनगर, २६ चैत । विराटनगरका दुईवटा स्वास्थ्य संस्थालाई लायन्स क्लवले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा मोरङ रेडक्रस सोसाईसी र हाम्रो अस्पताललाई ५/५ थान पीपीई सेट हस्तान्तरण गरिएको लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रीक गर्भनर रेवतबहादुर कार्कीले बताउनुभयो ।

पीपीई हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका डिष्ट्रीक गर्भनर राजन खत्री, पुर्व गर्भनरहरु लीलाकुमार ढुंगेल, भीम घिमिरे लगायतको उपस्थिति रहेको थियो । लायन्स क्लव ३२५ ए वानले अहिले सम्म ५२ थान पीपीई वितरण गरिसकीएको उहाँले बताउनुभयो । उहाँका अनुसार विराटनगर महानगरपालिकालाई २५ र बाँकी अन्य स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको छ ।

मोरङका स्थानीय तह र सामाजिक संस्थाहरुमा पनि लायन्स क्लवले खाध्य सामाग्री पनि वितरण गरेको लायन्स क्लवका एरिया को–अर्डिनेटर रिसव दाहालले वताउनुभयो । उहाका अनुसार महिला जागृति बृद्धाश्रम र मानव सेवा आश्रममा खाध्य सामाग्री उपलब्ध गराईएको छ । विराटनगर २, ३, ४, ६, ७, १९ र ग्रामथान २ मा खाध्य सामाग्री उपलब्ध गराईएको एरिया को–अर्डिनेटर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक साताको अवधिमा १ हजार १ सय परिवारलाई खाध्यान्न सामाग्री उपलब्ध गराईएको छ । लायन्स क्लवले १ नं. प्रदेश प्रहरी कार्यालयमा २ सय थान मास्क, १ सय ५६ थान ह्याण्ड सेनिटाईजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगमा १ सय ५० थान मास्क, ३५ थान ह्याण्ड सेनिटाईजर वितरण गरिएको छ ।

विराटनगर वसपार्कमा रहेका यातायात मजदुरलाई खाना खुवाउनका लागि ८ वोरा चामल, ३ वोरा दाल, नुन र तरकारी खरिदका लागि नगद ५ हजार उपलब्ध गराईएको लायन्स क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button