Tune to BFM 91.2|Biratnagar

लायन्स दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

विराटनगर २६ साउन ।नेपालमा लायन्स स्थापना भएको अवसर पारेर लायन्स क्लब विराटनगर इनोभेटिभले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा फूलफूल वितरण गरेको छ ।नेपालमा लायन्स क्लबको स्थापना भएको दिनलाई लायन्स डे को रूपमा मनाउँदै इनोभेटिभले फूलफूलसहित अन्य खाद्य सामग्री वितरण गरेको हो ।

कार्यक्रममा दीप प्रज्वलित गरी आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई बिस्कुट, जुस र फलफूल वितरण गरिए क्लबले जनाएको छ ।कार्यक्रममा क्लबकी अध्यक्ष रीता पोखरेल रेग्मी, सम्मृद्धि नेपालकी अध्यक्ष माया ओझालगायतले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्नुभएको थियो ।

लायन्स दिवसका अवसरमा अन्य क्लबहरुले पनि विभिन्न सामाजिक कार्य गरिरहेका छन् । पूर्वप्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालाले अगस्त ९ का दिन नेपालमा लायन्स क्लब स्थापना गर्नु भएको थियो । अन्तर्राष्ट्रिय संञ्जाल भएको यो परोपकारी सामाजिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button