Tune to BFM 91.2|Biratnagar

लायन्स, लियो र व्यवसायी संघद्वारा बृहत रक्तदान

काठमाण्डौ, १९ असोज । लायन्स तथा लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, कोटेश्वर व्यवसायी संघ, लायन्स क्लव अफ युनाइटेड हार्माेनीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको छ ।

शनिवार काठमाडौंको कोटेश्वरमा लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १ को समन्वय र प्रस्परस वचत तथा ऋण सहकारी संस्थाको विशेष सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल, विषेश अतिथिको रुपमा एरिया नम्बर १ का एरिया चिफ लायन अमर ज्योती रन्जित र लायन्स क्लवका विभिन्न पदाधिकारीको उपस्थिती रहेको थियो ।

कोरोना भाइरस ( कोभिड १९ ) को विषम परिस्थितिमा पनि ब्लड बैंकमा रगतको अभाव भएको हुँदा उक्त जटिल परिस्थितिको समाधानका लागि लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सले विभन्न सामाजिक संस्थाहरुसँग संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । क्लवका सहकोषाध्यक्ष लायन दिप्रश शाक्यको संयोजकत्वमा भएको उक्त कार्यक्रममा कोटेश्वर व्यवसायी संघको तर्फबाट गोरख बहादुर थापाले संयोजन गरेका थिए ।

कार्यक्रममा जोन चेयर पर्शन एमजेएफ लायन अनिल कुमार बराल, डिष्ट्रीक डिपार्टमेन्ट चिफ लायन यदुराज लामिछाने (आशिष), रिजन चेयर पर्शन लायन ज्योती केसी, डिष्ट्रीक डिपार्टमेन्ट चिफ ( ब्लड डोनेशन ) द्वारिका तिमल्सिना, लायन श्याम कृष्ण दाहाल, लायन प्रकाश पिया, एरिया सेक्रेटरी लायन सरोजनी पिया, लायन वेदनाथ ढकाल, लायन कृष्ण प्रसाद पौडेल ,लायन बृजेश थापा, लायन भगवती घिमिरे, लायन अशोक घिमिरे, लायन पवन कुमार मैनाली, लायन एकराज शिवाकोटी, लायन अर्जुन थापा, लायन बिष्णु ठकुरी तथा लियो अध्यक्ष स्मृती कुँवर, लियो दीपा दाहाल, लियो अर्जुन शमशेर कुँवर लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सबैको सहयोग र सद्भावले कार्यक्रम सफल भएका लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसका अध्यक्ष दिपक थापाले बताउनुभयो । उहाँले लायनवादको महत्वपूर्ण यात्रामा सधैं सार्थक प्रयास गर्ने जमर्काे गरिरहने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button