Tune to BFM 91.2|Biratnagar

लिम्पियाधुरा सहितको नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको हो : प्रधानमन्त्री

विराटनगर ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उहाले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताउनुभयो ।‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उहाले भन्नुभयो ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।

’प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिनुभएको छ । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उहाले भन्नुभयोे ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने थियो तर हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाले भन्नुभयो कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबाट भएको मान्नुपर्ने हुन्छ ।

मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ । उहाले त्यसका लागि गरिरहेका कामबारे पनि संसदलाई जानकारी गराउनुभएको छ ।

बढी परीक्षण गर्ने, भरपर्दाे ढंगले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दाे बनाउने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button