लुक्ला विमान दुर्घटना अपडेट ः कोपाइलट र असईको ज्यान गयो

0
181

विराटनगर, १ बैशाख । लुक्ला विमानस्थलमा समीट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी असई रामबहादुर खड्काको ज्यान गएको हो ।

घाइते हुनेमा ड्युटीमै खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ, समीट एयरका पाइटल रवीनाथ रोकाया र मनाङ एयर हेलिकोप्टरका पाइटल चेतबहादुर गुरुङ रहेका छन् । घाइते पाइटल रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमा उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल पुठाइएको छ । हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here