Tune to BFM 91.2|Biratnagar

लेटाङ नगरपालिकामा आरडिटी टेस्ट गरेका सवैको रिपोर्ट नेगेटिभ

विराटनगर ९ जेठ । मोरङको लेटाङ नगरपालिकामा आजसम्म ५४ जनाको र्यापिड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा गएर लेटाङ फर्केका, ड्युटीमा रहेका प्रहरी, एम्बुलेन्स चालक र लेटाङका स्थानिय व्यापारी रामलखन चौधरीसमेतको आरडिटी गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आरडिटी परीक्षण गरिएका सबैजनामा कोरोना नदेखिएको प्रमुख राईले जानकारी दिनुभयो । जोखिम मोलेरै आफ्नो ड्युटी गरिरहेका प्रहरी, एम्बुलेन्स चालकहरु कोरोनाको जोखिममा परेको भन्दै उनिहरुको समेत परिक्षण गरिएको थियो ।

स्थानिय व्यापारी रामलखन चौधरीसमेत कोरोनाको जोखिममा परेको भन्दै हल्ला फैलिएपछि आरडिटि गर्नुपरेको हो । छिमेकी पालिकाहरुमा समेत कोरोना संक्रमित भेटिएपछि लेटाङ नगरपालिका क्षेत्रलाई सिल गरिएको छ ।

तत्कालका लागि ३ दिनका नगरपालिकालाई सिल गरिएको प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार अवस्थालाई ध्यानमा राखेर थप निर्णय गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button