मोरङको लेटाङ नगरपालिकाले आज रातीदेखि सवै नाका शिल गर्ने
विराटनगर, ९ जेठ । मोरङको लेटाङ नगरपालिकाले सवै नाका शिल गर्ने बताएको छ । आज राती १२ वजेदेखि जेठ १२ गते राती १२ वजे सम्मका लागि लेटाङ नगरपालिका प्रवेश गर्ने सवै नाका शिल गरिने नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
कोरोना भाईरसको संक्रमण छिमेकी जिल्ला र स्थानीय तहमा देखिएकोले नगर प्रवेश गर्ने नाका शिल गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । अत्यावस्यक सेवा र अत्यावस्यक सवारी बाहेक सवै बन्द गरि हिँडडुल गर्न समेत निषेध गरिने उहाँले बताउनुभयो ।
यसैवीच कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने निर्णय भएको छ ।
नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले बताउनुभयो ।
नगर कार्यपालिकाको गत जेठ ७ गतेको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो ।समन्वय समितिले क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।