लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहेको छ : डा. कोइराला

0
134

विराटनगर, ४ भदै । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहेको वताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा आज आयोजित रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा वोल्दै सरकारले आफुले गरेको निर्णयका कारण राजावादीलाई चलखेल गर्ने अवसर मिलिरहेको वताउनुभयो । उहाँले लोकतन्त्र वलियो वनाउन सरकार प्रतिवद्ध हुनुपर्ने वताउनुभयो । नेता कोइरालाले दुई तिहाइ को बलमा सरकारले दलहरुको सहमती विना मिडिया काउन्सिल तथा मानव अधिकार विधेयक ल्याउन खोज्नु लोकतन्त्र विपरित कार्य हो भन्नुभयो । राजनितिक दलहरु ठिक ठाउमा उभिन्ने हो भने कुनैपनि शक्तिले लोकतन्त्रलाई समाप्त गर्न नसक्ने उहाँको दावी थियो । उहाँले लोकतन्त्र बचाउन संञ्चार जगतले खवरदारी गर्नुपर्ने वेला आएको वताउनुभायो । लोकतन्त्रको स्थापनाका लागी संञ्चार जगतले खेलेको भुमिकालाई बिर्सन नसक्ने भन्दै लोकतन्त्र बचाउन संञ्चार जगतले कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेता कोइरालाले लोकतन्त्रमाथि एकपछि अर्को गर्दै चौतर्फी रुपमा प्रहार गर्न खोजिदै छ भन्नुहुदै कांग्रेसलाई त्यो कुनैपनि अवस्थामा स्वीकार्य नहुने वताउभयो । उहाँले कांग्रेस प्रतिपक्षमा भएपनि लोकतन्त्र जोगाउन दलहरु विच एकता आवश्यक रहेको वताउनुभयो । लोकतन्त्र विरोधी काम गरेर हामी आफैले लोकतन्त्र विरोधी तत्वलाई चलखेल गर्ने मौका दिइरहेका छौ भन्नुहुदै नेता कोइरालले लोकतन्त्रलाई बलियो वनाउ सरकार पनि लोकतन्त्रप्रती प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभयो ।  सरकारले मिडिया काउन्सिल विधेयकलाई तत्काल र्फिता गरेर सरोकारवालासंग छलफल गरेर दलहरुको सहमतीमा मात्र विधेयक ल्याउनुपर्ने उहाको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा डिला संग्रौलाले राजनितक आग्रह पुर्वाग्रहभन्दा माथी उठेर पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रस मोरङ सभापति डिगवहादुर लिम्वु, नेपाल पत्रकार महासंघ प्रदेस न १ सभापति विक्रम लुइटेल, प्रेस युनियन प्रदेस न १ सयोजक लिलावल्लभ घिमिरे तथा नेपाल प्रेस युनियन मोरङ सभापति कुमार लुइटेल तथा सुभाष रिजाललले पत्रकारको हकहितका विषयमा वोल्नु भएको थियो । कार्यक्रममा रामाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारवाट विराटनगरवाट प्रकाशित न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंखर खरेललाई सम्मान गरिएको थियो । डा शेखर कोइराला तथा केन्द्रिय सदस्य डा डिला संग्रौलाले पत्रकार खरेललाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । पुरस्कारको राषि १५ हजार रुपैया रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here