Tune to BFM 91.2|Biratnagar

वजेटनीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु

विराटनगर, २९ वैशाख । सुनसरीको इटहरी उपमहानगरपाकिामा लकडाउनकै विच वजेटनीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु गरिएको छ । यसैक्रममा उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरु सँग छलफल गरेको छ ।

महाशाखा तथा शाखा प्रमुखहरु सँग चालुआर्थिक बर्षमा भएको प्रगतिका वारेमा समीक्षा गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्म के के भए के के वाँकी छ अव के के गर्न सकिन्छ भन्ने वारेमा र वजेट कार्यावन्यनको अवस्था प्रस्तुत गरेका छन ।

आगामी वैशाख ३१ गते कार्यपालिकाको वैठक वसेर वाँकी अवधिमा कसरी प्रभावकारी ढंगले वजेट कार्यावन्न गर्दै विकास निर्माणलाई अघि वढाउन सकिन्छ भन्ने बिषयमा निर्णय गरिने नगरप्रमुख चौधरीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button