Tune to BFM 91.2|Biratnagar

वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश

विराटनगर ५ फागुन । प्रदेश नं. १ को प्रदेशसभामा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ । आजको संसद बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेश गर्नुभएको हो ।

प्रदेशसभामा विधेयक पेश गर्दै मन्त्री विश्वासले विधेयकले वनको संघ तथा प्रदेश मातहतको वनको सीमा निर्धारण, वर्गीकरण, कसुर, सजायलगायतको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विधेयकमा वनको जग्गा कसैले व्यक्तिगत रुपमा दर्ता गर्न नपाउने व्यवस्था गरिएको छ ।

वन फाँड्ने, वनको जग्गा जोत्ने, घर वनाउने, अतिक्रमण गरे गराए पाँच वर्षसम्म कैद, एकलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकले गरेको छ । यस्तै नीजि वन पैदावार ओसार पसार, वन्यजन्तु, चरा संरक्षण, चिडियाखाना स्थापना सम्बन्धी व्यवस्था पनि विधेयकमा गरिएको छ । १७ परिच्छेद रहेको विधेयकको १६ औं परिच्छेदमा दण्डजरिवानासम्बन्धी व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button