वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सन्चालन गरेको छ : प्रकाशमान सिंह

0
89

बिराटनगर ३० चैत ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सन्चालन गरेको बताउनु भएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाले पार्टीको विधान, नीति र कार्यकर्ताको भावनाविपरीत सन्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयोे ।उहाले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गर्नुभयो ।उहाले न्याय परिषद्को सर्वाेच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाइ गरिएको निर्णय विधि र प्रक्रिया नमिलेकोप्रति कांग्रेसले विरोध गरेको बताउनु भयो ।उहाले नेतृत्वले विधान उल्लंघन गरेका कारण नै नेविसंघलगायतका भ्रातृसंगठन र शुभेच्छुक संगठनको महाधिवेशन हुन नसकेको आरोप लगाउनु भयो ।नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिइ कार्य गराउन सकेमात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गर्नुभयो।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here