वाड नं १७ स्थित कृष्ण मन्दिरबाट मुल्यवान सामग्री चोरी
विराटनगर, २७ चैत । विराटनगर महानगरपालिका वाड नं १७ इस्लामपुर स्थित कृष्ण मन्दिरबाट मुल्यवान सामग्री चोरी भएको छ ।
गएराती मन्दिरको ग्रीलको रड तोडेर दान पेटिका, पानी तान्ने मोटर , मुर्तीको सानो र ठुलो मुकुट अनि बासुरी चोरी भएको व्यवस्थापन समिति सदस्य तिर्थानन्द साहले जानकारी दिनुभयो । मुकुट र बासुरी चाँदीको रहेको साहले जानकारी दिनुभयो।
भगवानको छाप भएको सानो मुर्ती समेत चोरी भएको उहाँले बताउनु भयो । चोरी भएको बहुमुल्य सामानको लाखौँ रूपैँया पर्ने उहाँले बताउनुभयो ।
मन्दिरबाट लाखौ मुल्य वरावरको सामग्री चोरी भएको सूचना पाएपछि चोरीमा संलग्न ब्यत्तीको खोजी तीब्र बनाएको प्रहरीले जनाएको छ ।कोरोना भाइरस संक्रमण रोकथामकालागि भएको लकडाउनसँगै सो मन्दिर पनि बन्द रहेको थियो ।