वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

0
78

विराटनगर, २० मसिर । मुख्य न्यायाधिवक्ताको कार्यालय प्रदेश १ ले तयार पारेको आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ । मुख्य न्याधिवक्ताले तयार पारेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन आज प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेशका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले पेश गर्नु भएको हो । आर्थिक वर्ष सकिएको तीन महिना भित्र न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने नियम छ । तर, मुख्य न्यायाधिवक्ताको कार्यालयले एक महिना ढिलो गरि प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएको हो । प्रदेश प्रमुखले उक्त वार्षिक प्रतिवेदन अध्ययन गरि सकेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमार्फत प्रदेश सभामा पेश हुनेछ । प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गरेपछि आयोजिक कार्यक्रममा बोल्दै मुख्य न्यायधिवक्ता आचार्यले प्रदेशको मुख्य न्यायधिवक्ताको कार्यालयको काम, कर्तब्य, अधिकार र सुझावसहितको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको बताउनु भयो । उहाँले स्थानीय तह र प्रदेश सरकारले कानुन कार्यान्वयन गरिरहेको भन्दै कतिपय स्थानीय तहमा भने कानुनबारे अनविज्ञता प्रकट भएको सुनाउनुभयो । कार्यालयले प्रदेशका १४ वटै जिल्लामा पुगेर अन्तरक्रियामार्फत कार्यालयको काम र कर्तव्यबारे जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here