विएफएमसँगको सहकार्यमा स्रष्टा र सिर्जना कार्यक्रम

0
39

विराटनगर, २१ मंसिर । विराट आदर्श साहित्यिक मञ्चले आज स्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरेको छ । विएफएम ९१.२ सँगको सहकार्यमा आयोजित कार्यक्रममा कवि विवश पोखरेल र झापाकी गजलकार कल्पना आचार्यले ५–५ वटा कविता र गजल प्रस्तुत गर्नुभएको थियो । पोखरेलले भने कविताको बीचबीचमा मुक्तक सुनाउनुभएको थियो । कार्यक्रममा वरिष्ठ गायक एलपी जोशी र चितवनका कलाकार मुकुन्द खलपात्रलाई विशेष सम्मान प्रदान गरिएको थियो । उहाँहरुलाई प्राज्ञ विवश पोखरेल, मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदित, हिसान मोरङका अध्यक्ष बलराम पन्त, अध्यक्ष कटवाल दीपक, संस्थापक अध्यक्ष विनोद दाहाललगायतले सम्मान गर्नुभएको थियो । जोशी ६ दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको ‘रिटिङ–रिटिङ नबजाऊ बिनायो’ बोलको गीत चर्चित छ । त्यस्तै कार्यक्रममा गजल गायक राज सिग्देलले आफ्ना चर्चित गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मञ्चका नयाँ सदस्यहरुलाई सदस्यता परिचयपत्र प्रदान गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here