विकासविरोधी गतिविधि गर्नेमाथि निगरानी बढाएका छौं ः प्रहरी महानिरीक्षक

0
55

विराटनगर, फागुन ३० । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा विकासविरोधी गतिविधि गर्नेमाथि प्रहरीले निगरानी बढाएको बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ इंगित गर्दै उनले समाजलाई आतंकित पार्नेहरुबारे निर्धक्क भएर प्रहरीलाई सूचना दिन आग्रह गरे ।

उनले शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी तत्पर रहेको बताए । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र अझै केही सुधार बाँकी रहेकाले आफ्नै कार्यकालमा त्यस्तो सुधार गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here