Tune to BFM 91.2|Biratnagar

विचल्लीमा परेका नागरिकको पुर्नव्यवस्थापनका लागि प्रदेश सरकारसँग माग

विराटनगर, १९ जेठ । प्रदेश १ का प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले लकडाउनका कारण बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्नु भएको छ ।

प्रदेशसभा बजेट अधिवेशनको पाँचौं बैठकको शून्य समयमा बोल्नुहुँदै लिम्बूले यस्तो माग गर्नुभएको हो । उहाँले विचल्लीमा परेका आम नागरिकलाई पुर्नव्यवस्थापनका लागि दोस्रो चरणको राहत प्याकेज घोषणा गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको सैद्धान्तिक छलफलको क्रममा बोल्नुहुँदै सांसद उपेन्द्र प्रसाद घिमिरेले विधेयमा केही बिषय अस्पष्ट रहेको जानकारी गराउनु भयो ।

त्यस्तै सांसद ओमप्रकाश सरावगीले निजी वन लगाउने जनताहरुलाई प्रोत्साहित गर्न उनीहरुले लगाएका जुनसुकै जातका बोटबिरुवालाई रोयल्टी लिएर बिक्री वितरण गर्न दिईनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्काे बैठक भने जेठ २० गते मङ्गलबार दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button