Tune to BFM 91.2|Biratnagar

विज्ञान लेखन सम्बन्धी अभिमूखीकरण

विराटनगर, ३ फागुन । विराटनगरमा विज्ञान विषयका जानकारहरुलाई सार्वजनिक सञ्चार माध्यमका लागि कसरी आलेखहरु तयार गर्ने भन्ने बारेमा एक दिवसीय अभिमुखीकरण सम्पन्न भएको छ । स्नातकोत्तर क्याम्पस विराटनगर र नेपाल जैविक समाज विराटनगरको संयुक्त आयोजनामा भएको सो अभिमुखीकरणमा वातावरणका विज्ञ एवम पत्रकार रामचन्द्र अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

वनस्पति र प्राणी विज्ञानमा स्नातकोत्तर तहमा अध्ययनरत तथा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विज्ञान तथा वातावरणका के कस्ता विषयवस्तुमा र कसरी आलेख तयार गर्ने भन्ने जानकारी दिइएको थियो । सहजीकरण गर्दै स्वच्छ वातावरण मानिसको मौलिक हक कायम भइसकेको र वातावरणप्रति मानिसहरुको उत्सुकता र संवेदनशीलता बढेको कारण यससम्बन्धी लेखहरुको माग बढिरहेको उल्लेख गर्नु भयो ।

साथै जानकारहरुले ज्ञान लिएर मात्र नहुने सो ज्ञानलाई सर्वसाधारण सम्म प्रसार गर्ने दायित्व पनि भएको हुनाले लेख लेख्न उहाँले प्रेरित गर्नुभयो । जलवायु परिवर्तन, भूउष्णिकरण, हावा पानी माटोलगायत प्राकृतिक स्रोत तथा तिनको संरक्षण तथा सदुपयोगजस्ता विषयमा कलम चलाउनुपर्ने आवश्यकता भएको अधिकारीले बताउनुभएको थियो ।

सो अभिमुखीकरणमा २५ जना प्रशिक्षार्थी तथा स्नातकोत्तर क्याम्पसका सहायक क्याम्पस प्रमुख शालीग्राम अधिकारी, नेपाल जैविक समाजका कोषाध्यक्ष डा.भविन्द्र निरौलाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button