Tune to BFM 91.2|Biratnagar

विद्यार्थीहरूलाई व्याग बितरण

विराटनगर, २९ फागुन । हाम्रो समाज नेपाल र लायन्स क्लब अफ विराटनगर मिल्स एरियाले विद्यार्थीहरूलाई व्याग बितरण गरेको छ । दुवै संस्थाले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई ब्याग बितरण गरेको हो ।

विद्यार्थीलाई नियमित विद्यालय जान र पढ्न प्रोत्साहन गर्ने उद्देश्यले व्याग बितरण गरिएको सो संस्थाले जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संस्थाका अध्यक्ष अनुप सापकोटालगायतले विद्यार्थीहरूलाई व्याग हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर पराजुलीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन नसके समाज परिवर्तन नहुने बताउनुभयो । कार्यक्रममा ३० जना विद्यार्थीलाई व्याग बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button