विपद् जोखिम न्युनीकरण संवन्धि साझा सवाल कार्यक्रम

0
98

विराटनगर, १ असार । विपद् जोखिम न्युनीकरण संवन्धि साझा सवाल कार्यक्रम आज मोरंगको ग्रामथान ४ मा गरिएको छ । वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको कार्यक्रममा सहभागीले वाढी र डुवानको समस्या धेरै भएकाले विपद्को पुर्व तयारी गर्न सुझाव दिएका थिए । नमूना आधारभुत विद्यालयका प्रधानाध्यापक वीरवहादुर तामाङले वर्षाद्को समयमा डुवानको धेरै समस्या भएको बताउनुभयो । उहाँले गत वर्ष डुवानमा परि एक जनाको मृत्यु भएकाले पुर्व सावधान अपनाउनुपर्ने उहाँको सुझाव छ । स्वास्थ्य चौकी मोतिपुरका दिनेश खवासले आगलागीका घटनाहरु भएपनि तत्काल राहतको कार्य हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा सहभागिहरुले बाढी आउन थालेपछि बालबालिकालाई विद्यालय जान आउन समस्या हुने बताएका थिए । वडाध्यक्ष वैजनाथ विश्वासले गाउँपालिकाले विपद्को पुर्व तयारीको कार्य गरिरहेको बताउनुभयो । वडा कार्यालयले पनि विपद् जोखिम न्युनीकरणका लागि काम गरिरहेको उहाँको भनाई छ । नारी विकास संघले विपद् जोखीम न्युनीकरणका लागि ग्रामथान ४ र ५ , सुन्दरहरैचा १, वुढीगंगा ६ र ७ र विराटनगर १९ मा विभिन्न कार्यक्रमहरु गरिरहेको सामाजिक परिचालक लक्ष्मी राईले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here