Tune to BFM 91.2|Biratnagar

विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण

विराटनगर १ चैत । मोरङको तीनवटा स्थानीय तहमा विपद् व्यवस्थापन संवन्धि अनुशिक्षण सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मोरङ्गको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गण हेडक्वाटर, कंकालिनी मोरङ्गको सहजीकरणमा ग्रामथान गाउँपालिकामा विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण सम्पन्न भएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरसँगको सहकार्यमा ग्रामथानमा गरिएको अनुशिक्षणमा विशेष गरि विपद्का समयमा गरिने उद्धारमा केन्द्रित रहेको थियो ।

तालिममा शसस्त्र प्रहरीका एसपी नेत्रबहादुर कार्कीले मोरंगका अन्य १४ वटा स्थानीय तहमा पनि विपद् संवन्धि तालिम आवस्यक रहेको बताउनुभयो । ३ वटा स्थानीय तह पछि अन्य तहमा तालिम गरिने उहाँले बताउनुभयो ।

ग्रामथानमा आयोजित अनुशिक्षणमा २८ जनाको सहभागिता रहेको नारी विकास संघका प्रशासकीय अधिकृत हिमान्सु यादवले बताउनुभयो । उहाँका अनुसार यसअघि बुढीगंगा र कटहरीमा अनुशिक्षण सम्पन्न भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button