विपद सूचनाको व्यवस्थापन
विराटनगर, ५ फागुन । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाले आज महानगरमा एक कार्यक्रम आयोजना गरि सो पोर्टल संचालनमा ल्याएको हो ।
गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको थियो । महानगरले सार्वजनिक गरेको पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश गरिएको छ ।