Tune to BFM 91.2|Biratnagar

विपन्नका लागि विराटनगरमा फुुड बैंक सञ्चालन

विराटनगर, २३ जेठ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका समयमा दैनिक छाक टार्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई लक्षित गरेर विराटनगरमा आज बिहानदेखि फुड बैंक सञ्चालनमा ल्याइएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैंक सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो ।

महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयमा परिवार धान्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गर्न थालिएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा. लिका म्यानेजर सीताराम बर्तौलाले जानकारी दिनु भयो । उहाँका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा अघि बढाउने गरी यसको सुरुवात गरिएको हो । दैनिक दुुई सय जनालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ फुुड बैंकको स्थापना गरिएको बर्तौताको भनाइ छ । सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउने छन् ।

लामो समयदेखिको निषेधाज्ञाका कारण ज्याला मजदुरी गरेर गुुजारा गरिरहेको वर्गले खाद्यान्नको समस्या भोगिरहेको छ । निम्न आर्थिक अवस्थाले गर्दा पीडामा परेको वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको फुड बैंकका कारण विपन्न परिवारलाई थोरै भए पनि राहत मिल्ने अपेक्षा गरिएको छ । शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रा.लि, तुुलसी बहुुमुुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रा.लि र शिव शिखर एग्रो प्रा.लिले फुुड बैंकको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताउनु भयो ।

अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैंकलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिन सकिने उहाँको भनाइ छ । वैशाख तेस्रो साताबाट मोरङमा निषेधाज्ञा लगाइएको छ । लामो समयदेखि निषेधाज्ञा लगाइए पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको समस्या हेरेर फुुड बैंकको अभियान चलाइएको जानकारी लिम्बूले दिनु भयो । दैनिक बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुुने फुुड बैंकमा खाद्यन्न लिन आउनेको भीड लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button