Tune to BFM 91.2|Biratnagar

विपन्नलाई नियमित खाना खुवाउँदै शिव मन्दिर युवा समूह

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका वडा–६ शिव मन्दिर युवा समूहले विपन्न तथा गरिव परिवारलार्ई नियमित खाना खुवाउँदै आएका छन् ।

लकडाउनका कारण समस्यामा परेका साथै बिपन्न तथा गरिब परिवारलाई खाना सहयोग गर्दै आएको अभियन्ता नारायण बरालले बताउनुभयो ।

गत चैत्र २० गतेबाट वडाकै ११३ बिपन्न परिवारलाई साथै शिव मन्दिर मार्ग किचनबाटै नोवेल अस्पतालमा रहेका बिमारी कुरुवा र बिराट टिचिङ हस्पिटलका बिरामी कुरुवाहरुलाई नियमित खाना खुवाउँदै आएको उहाँले बताउनुभयो ।

उक्त समुहले दैनिक ६०० देखि ६५० जनालाई खाना उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button