Tune to BFM 91.2|Biratnagar

विपन्न परिवारलाई चामल वितरण

विराटनगर २३ चैत । विराटनगरस्थित नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफट्स तथा सिलाईबुनाई श्रमिक संघले लकडाउन पीडित विपन्न परिवारलाई चामल वितरण गरेको छ ।

ट्रेड युनियन काँग्रेस आबद्ध उक्त संस्थाले विराटनगर ६ का २५ परिवारलाई प्रति परिवार २५ किलोको दरले चामल वितरण गरेको हो । स्थानीय सुन्दरमार्गमा आज आयोजित कार्यक्रमकाबीच आयोजक संस्थाका प्रदेश अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जार लगायतले पीडित वर्गलाई राहत हस्तान्तरण गर्नुभयो ।

विराटनगर ६ का ज्याला मजदुरी गरी दैनिक कमाई खाने वर्ग लकडाउनका कारण बेखर्ची भएपछि राहतस्वरुप संस्था मार्फत खाद्यान्न उपलब्ध गराइएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button