Tune to BFM 91.2|Biratnagar

विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण

विराटनगर, २९ चैत । विराटनगर १९ का १ सय ४१ विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ ।

शिखर अर्गनाइजेशनअन्तर्गतको नटराज एग्रो र तुलसी मोटर पम्प प्रालिले विराटनगर–१९ का दलित र ज्याला मजदुरी गरिखाने विपन्न वर्गलाई खाद्यन्न वितरण गरेको हो ।

स्थानीय सरदार टोलमा आज आयोजित राहत वितरण कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई प्रति परिवार चामल १२ किलो, दाल १ किलो र तेल १ लिटर उपलब्ध गराइएको छ । विराटनगर–१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, शिखर अर्गनाइजेशनका प्रबन्धक सीताराम बडतौला र छविलाल विश्वकर्माको उपस्थितिमा त्यसक्षेत्रका विपन्नलाई राहत वितरण गरिएको थियो ।

विराटनगर–१९ को सरदार टोलमा लगभग सतप्रतिशत विपन्न र सुकुम्बासी परिवारको बसोबास रहेको तथा लकडाउनका कारण उनीहरुलाई दैनिक छाक टार्न समस्या परेपछि राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको शिखर अर्गनाईजेशनका प्रबन्धक बडतौलाले बताउनुभयो ।

राहत वितरण गर्ने क्रममा प्रहरीको सहयोग लिएर सामाजिक दूरी कायम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button