Tune to BFM 91.2|Biratnagar

विपन्न परिवारलाई वासु न्यौपानेले सहयोग गर्ने

विराटनगर, १६ चैत । शिक्षासेवी वासु न्यौपानेले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने हुनु भएको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न समुदायका व्यक्तिहरुलाई बिहान–बेलुकाको हातमुख जोड्नसमेत समस्या भइरहेका बेला शिक्षासेवी न्यौपानेले ५० परिवारका लागि खाद्यन्न उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

विराटनगर वडा नम्बर ११ का ५० परिवारलाई १ महिनाका लागि चामल, दाल, नुन, तेललगायतका सामान उपलब्ध गराउने हुनु भएको हो । विपतको बेला समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु सबैको दायित्व भएको सगरमाथा बोर्डिङ स्कुलका सञ्चालकसमेत रहनुभएका न्यौपानेले बताउनुभयो ।

कोही पनि भोकै मर्नु नपरोस् भनेर ५० परिवारलाई एक महिनालाई पुग्ने खाद्य सामग्री उपलब्ध गराउन लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button